default_image

3 years ago

July 18, 2022

एसियन शारीरिक सुगठनमा राजुले कास्य पदक जिते

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– शारिरीक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा कास्य पदक जितेका छन् ।

टोलीका ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीका अनुसार राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । २४ राष्ट्र सहभागि सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिक तर्फ पदक जितेका हुन् । यस अघि पनि नेपाली खेलाडीहरुले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।

यस्तै सोहि प्रतियोगिताका दौरान शारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याए बापत विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई विशिष्ट अवार्डबाट सम्मान गरिएको छ ।

प्रतियोगतामा राजु सहित सुजिता मानन्धर र उमेश राई पनि प्रतिस्पर्धा गर्नेछन् ।सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा र उमेशले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायक एवं संघका बरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा पुगेका छन् । नेपालले सन् २०२३ मा ५५ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.