default_image

3 years ago

July 17, 2022

एसियाड तयारीको पहिलो चरण प्रशिक्षण सम्पन्न

156 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको छ । राखेपले जेठ २४ गते प्रशिक्षणको उद्घाटन गरेको थियो । पहिलो चरणको प्रशिक्षण शनिबार सम्पन्न भएको थियो ।

राखेपले एसियाली खेलकुदको लागि कबड्डी, कुस्ती, उसु, ह्यान्डबल, भारोत्तोलन, एथलेटिक्स, भलिबल, कराते, टेकवान्दो, टेबलटेनिस, क्रिकेट, फेन्सिङ, पौडी, बास्केटबल, फुटबल, सुटिङ, जुडो, गल्फ, ब्याडमिन्टन, साइक्लिङ, बक्सिङ, त्रिलाथन, आर्चरी गरि २३ खेलको प्रशिक्षन सञ्चालन गरेको थियो ।

जसमध्ये तेक्वान्दो, बक्सिङ, फुटबल, पौडी, ट्रायथलन, कुस्ती र सुटिङको बन्द प्रशिक्षण सातदोबाटोमा भएको थियो । दशरथ रंगशालामा एथलेटिक्स, उसु, भारोत्तोलन र थ्री वाई थ्री बास्केटबलको प्रशिक्षण भएको थियो । त्यस्तै, भलिबल तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको थियो ।

गल्फ गोकर्णमा र जुडोको तालिम नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट सेन्टरमा भएको थियो । त्यस्तै कीर्तिपुरमा फेन्सिङ, लगनखेलमा ह्यान्डबल, कञ्चनपुरमा कबड्डी, लैनचौर टेबलटेनिस, एनएससीमा ब्याडमिन्टन र क्रिकेट कीर्तिपुरमा पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको हो ।

दोस्रो चरणको प्रशिक्षण मिति तय भइनसकेको राखेपका राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्र राइले बताएका छन् । ‘ पहिलो चरणको प्रशिक्षणका लागि हामीले ४० दिनको समय छुट्टाएका थियौं । त्यो सम्पन्न भएको छ,उनले भने,‘ दोस्रो चरणको प्रशिक्षण बारे भने राखेप सदस्य सचिव टङ्कलाल घिसिङ र हाइ पर्फमेन्स समितिसँगको छलफलपछि टुंगो लाग्नेछ ।’ १९ औं एसियाली खेलकुद सेप्टेम्बरमा चीनमा हुने भनिएको थियो तर आयोजक देशमा कोभिड–१९ को सङ्क्रमण बढेपछि प्रतियोगिता स्थगित भएको थियो । एसियाली खेलकुदको नयाँ मिति तय गरिएको छैन ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.