default_image

3 years ago

July 13, 2022

राखेप बोर्डका ५ सदस्यको रिट खारेज

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदको कार्यकारी निकाय सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डका ५ सदस्यले दिएको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ ।

आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले वैशाख २५ गते उच्च अदालत पाटनमा अवहेलना सम्बन्धि रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट दाबी नपुगेको भन्दा बुधबार खारेज गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । तीमध्ये ५ रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उच्च अदालतले १० मंसिरमै प्रारम्भिक सुनुवाइपछि पदमुक्त गर्ने निर्णय लागू नगर्न युवा तथा खेलकुद मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशपछि पुनर्बहाली भएपनि उनीहरुलाई वैशाख ९ गते राखेप बोर्ड बैठकमा बोलाइएन । त्यसैलाई अदालतको अवहेलनाका रुपमा ५ जनाले रिट दायर गरेका थिए ।

९ जनालाई बर्खास्त गरेको खेलकुद मन्त्रालयले मंसिर १० गते ८ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । अदालतको अन्तरिम आदेशसँगै उनीहरुले जिम्मेवारी सम्हाल्न पाएका थिएनन् । उच्च अदालतको पछिल्लो निर्णयले ८ सदस्यलाई जिम्मेवारी सम्हाल्न मिल्ने भएको छ ।

त्यति बेला मन्त्रालयले मोहम्मद फाजिल, पेमा डोल्मा लामा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अन्जन धमला र श्रीमान थापामगरलाई सदस्य नियुक्त गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.