3 years ago
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । इजिप्टको काएरोमा सुरु भएको च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल फेन्सिङ संघले जनाएको छ ।
संघका अनुसारशनिबार सुरु भएको च्याम्पियनसिप साउन ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहेका छन् । महिलामा अनिता कार्की, जानुका स्याङतान र उषा खड्का छन् ।
पायस, दिनेश र राजेन्द्रले साब्रेमा प्रतिस्पर्धा गर्ने छन् । बाँकीले इपीमा खेल्ने छन् । सबैले व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । विशेष प्रशिक्षणमा सहभागी हुन पायस भने मंगलबारै इजिप्ट प्रस्थान गरिसकेका छन् ।
टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार टोलीलाई बिदाई गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]