default_image

3 years ago

July 12, 2022

एसियली खेलकुद छनोट-बक्सिङको दोस्रो चरणमा चन्द्रको जित

421 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदका लागि बक्सिङको दोस्रो चरणको छनोटमा पुरुष ५२ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्र थापा विजयी भएका छन् । चन्द्रले मंगलबार भएको फाइनलमा बक्समाण्डुका लक्ष्मण राईलाई ५–० ले हराएका छन् ।

५२ केजीकै महिलातर्फ नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङ विजयी भइन् । सुष्माले त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङलाई ३–२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरेकी थिइन् । महिला वैन्टम वैट ५७ किलो तौल समुहमा टिएसी वी का चन्द्रकला थापाले विजयी भइन् । उनले प्रहरीकी निशा तामाङलाई ५–० अंकको आधारमा पराजित गरेकी हुन् ।

महिला ६० किलो तौल समूहमा आर्मीकी पूनम रावलले फाइनलमा एपीएफका सगिता सुनारलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरिन् । महिला ६९ केजी तौल समूहको फाइनलमा एपिएफकी सरस्वती रानामगरले विनिता थापामगरलाई एबिडीको आधारमा हराइन् ।

पुरुष ५७ किलो तौलमा बक्समाण्डुका सुरज महर्जन विजयी भए । सुरजले एपिएफका पुरन राईलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे । ६३ केजी तौलमा पुलिसका भुपेन्द्र थापामगरले एपिएफका सोनम सार्कीलाई ५–० अंकको आधारमा पराजित गरे । ७५ केजी तौल समूहमा आर्मीका दीपेश लामा विजयी भए । दिपेशले काठमाण्डौका सनिल शाहीलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.