3 years ago
June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन् । यि दुई टोली (एपिएफ र पुलिस) बीच राउन्ड रोविन लिगमा शीर्षस्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
एपिएफले न्यु डायमन्डमाथि २५–१२, २५–२० र २५–१४ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा पुलिसले परोपकारमाथि २५–६, २५–६ र २५–११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो । लगातार दोस्रो जितसँगै एपिएफ र पुलिसको समान ६ अंक पुगेको छ । डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेको छैन ।
अब बिहीबार हुने राउन्ड रोविन लिगको अन्तिम खेलबाट शीर्षदेखि चौथोसम्मको छिनोफानो हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका २४ खेलाडीले खेलाडीले खेलेका छैनन् ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार दुई खेल हुनेछ । पहिला खेलमा परोपकार र न्यु डायमन्ड तथा दोस्रो खेलमा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । शनिबारसम्म हुने प्रतियोगितामा आयोजक न्यू डायमन्ड स्पोर्टस् क्लबसँगै दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै परोपकार आदर्श माध्यविक विद्यालय काठमाडौं गरी चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्। दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ । यस प्रतियोगिताको अनुमानित बजेट ४० लाख रुपैया रहेकोमा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले २० लाख र बाँकी २० लाख न्यु डायमन्ड स्पोर्ट्स क्लबले बेहोर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]