default_image

3 years ago

May 27, 2022

अरुणा सोमबार नेदरल्यान्ड्स जाने

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् ।

पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् ।

राष्ट्रिय टोलीसँग बाहेक अरुणाले पहिलो पटक औपचारिक रुपमा वैदेशिक प्रशिक्षणका लागि जान लागेकी हुन् । उनले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण लिने छिन् । ‘यहाँ गुरुहरुले जति सिकाउनु भएको त्यसकै आधारमा खेल्दै आएकी छु,’ उनले भनिन्,‘ सेटरकै लागि प्रशिक्षण गर्ने अवसर मिलेको छ । यसले खुसीसँगै उत्साहित पनि छु । यो प्रशिक्षणले राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास छ ।’

अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको थियो । त्यस्तै साढे दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो ।

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.