default_image

3 years ago

May 24, 2022

नीति तथा कार्यक्रम – फाप्ला क्रिकेट मैदानको निर्माण सुरु गरिने

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले क्रिकेटका दुई महत्वपूर्ण योजनालाई आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान आर्थिक अभावका कारण निर्माणमा रोकिएको थियो । उक्त रंगशाला निमार्णको बाँकी कामलाई टुङ्गोमा पुर्याउन नेपाल सरकारले समन्वय र सहजीकरण गर्ने बताइएको छ ।

संघीय संसदका दुवै सदनलाई संयुक्त बैठकमा राष्ट्रपति विधादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त प्रतिबद्धता जाहेर गरेकी हुन् । त्यस्तै धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरिने बताइएको छ ।

प्रदेश स्तरमा रंगशाला निर्माणको कामलाई पनि निरन्तरता दिइनेदिइएको छ। यसैगरी गैडाकोटमा बीपी कोइराला खेल ग्राम निर्माण गरिने छ भने फाप्ला क्रिकेट मैदानको विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । त्यस्तै गैडाकोटमा विपी कोइराला खेल ग्राम निर्माण गरिने बताइएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने नीतिलाई पनि सरकारले निरन्तरता दिएको छ ।

खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पर्वतीय खेलकुदलाई अघि बढाउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको पनि लक्ष्य लिइएको छ । नागरिकलाई शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम योग तथा ध्यानको अभ्यास गर्न उत्पेरित गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभुत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरि खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धी गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रशिक्षण तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराईनेछ। मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता, विमा, आकस्मिक सहयोग लगायतका प्रोत्साहनको व्यवस्था गरिने, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.