3 years ago
May 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ ।
पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् ।
अरुणाले पहिलो पटक औपचारिक रुपमा वैदेशिक प्रशिक्षण लिन लागेको बताइन् । उनले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण लिने छिन् । ‘यहाँ गुरुहरुले जति सिकाउनु भएको त्यसकै आधारमा खेल्दै आएकी छु,’ उनले भनिन्,‘ सेटरकै लागि प्रशिक्षण गर्ने अवसर मिलेको छ । यसले खुसीसँगै उत्साहित पनि छु । राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास छ ।’
अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको थियो । त्यस्तै साढे दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]