3 years ago
May 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– संगम महतो र धनबहादुर भट्ट छैटौं आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शनिबार सम्पन्न क्लब लिग च्याम्पियनसिपमा महिला र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । संगम र धनबहादुर दुवैले समान ३५ हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, अरुणा शाही उत्कृष्ट सेटर, शान्ति थारु उत्कृष्ट सर्भर, निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् । महिलातर्फ प्रगतिनाथ उदियमान खेलाडी चुनिदा लोकेश बुढा उत्कृष्ट प्रशिक्षक चुनिए ।
त्यस्तै पुरुषतर्फ भिम गाहा उत्कृष्ट लिबेरो, हरिहजुर थापा उत्कृष्ट सेटर, राजेन्द्र विष्ट उत्कृष्ट सर्भर, रविन चन्द उत्कृष्ट स्पाइकर र दुर्गाबहादुर खड्का उत्कृष्ट ब्लकर घोषित भए । धिरेन्द्र बस्नेत उदियमान खेलाडी तथा जगत सिंह उत्कृष्ट प्रशिक्षक चुनिए ।
राष्ट्रिय लिग भलिबल
सर्वोत्कृष्ट खेलाडी
संगम महतो र धन बहादुर भट्ट क्षेत्री जनही ३५ हजार
उत्कृष्ट
लिबेरो – सलिना श्रेष्ठ र भिम गाहा
सेटर – अरुणा शाही र हरिहजुर थापा
सर्भर – शान्ति थारु र राजेन्द्र विष्ट
स्पाइकर – निरुता ठगुन्ना र रविन चन्द
ब्लकर – सुनिता खड्का र दुर्गा बहादुर खड्का
उदियमान खेलाडी – प्रगतिनाथ र धिरज बस्नेत समान १० हजार
प्रशिक्षक – लोकेश बुढा र जगत सिंह
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]