3 years ago
May 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली बनेको छ । ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार आर्मीले हेल्प नेपाललाई २५–१३,२५–१८,२६–२८,२८–२६ ले पराजित गरेको थियो ।
त्यसअघि आर्मीकै महिला टोली पहिलो पटक च्याम्पियन बन्न सफल भएको थियो । लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । आर्मी २५–१८,२५–२३, २५–२० ले विजयी भएको थियो । आर्मीले चार खेलबाट ९ अंक जोड्यो । समान ९ अंक नै रहेपनि पुलिस र एपिएफ म्याचको आधारमा पछि पर्यो । एभरेस्टले २ तथा डायमन्डले १ अंक जोड्यो ।
आर्मीले महिला भलिबल सुरु गरेयता फाइनलसम्म पुगेपनि उपाधि भने जित्न सकेको थिएन । यसअघि आर्मी २०७६ मा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसपछि गत वर्ष पोखरामा भएको टाइगर कपमा आर्मी एपिएफसँग नै पराजित हुँदै उपाधि विमुख बनेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]