default_image

3 years ago

May 2, 2022

आर्मीको दुवै टोलीलाई सफलता

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोहोरो सफलता हासिल गरेको छ । आर्मीको महिला तथा पुरुष दुवै टोलीले सोमबार छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ ले हराएको थियो । पुरुषतर्फ सेनाले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले जित निकाल्दै ६ अंकका साथ अग्रस्थानमा रहन सफल भयो । प्रतियोगिताको पहिलो दिन पनि सेनाले अर्को विभागिय टोली एपिएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको थियो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ विभागिय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपिएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गरेको छ । पुरुष तर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले पराजित गरेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.