3 years ago
April 26, 2022
बुटवल (हाम्रो खेलकुद) – अन्तर लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ७५ केजी वजन समुह विजेता भइ फाइनल चरणमा प्रवेश गरेका फिटनेस टाइम सैनामैनका कृष्ण श्रेष्ठ औभरअल च्याम्पियन बन्न सफल भएका छन् ।
कृष्णले प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीहरुको चुनौतीलाइ पाखा लगाउदै शनिबार ’दशौं बुटवल श्री’ को उपाधिसंगै १ लाख रुपैयाँसहित ट्रफि हात पारे । उनको वजन नेपाल जिम एण्ड फिटनेसका अनिष थापा दोश्रो तथा मिड वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा तेस्रो भए ।
प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ क्रमशः नेपालगंज एच एण्ड एफका सबिन थापा विजेता बने । भलु भैरब जिम सुनवलका सुरज बहादुर बराल दोस्रो र फिटनेस हब बुटवलका स्यामुल गुरुङ्ग तेस्रा भए । ६० केजी वजन समूहमा हेल्थ बेनफिट नेपालगंज बाँकेका सिद्धान्त जसेरिया प्रथम मदन भण्डारी स्पोटर्स एकेडमी सुर्खेतका अमृत रोकाय क्षेत्री दोश्रो तथा मोटिभेसन जिमका माधव सुवेदी तेस्रो भए ।
त्यस्तै ६५ केजी तौल समूहमा रत्नश्री जिम पोखराका सुरेश लाना प्रथम, भलु भैरब जिम एण्ड फिटनेसका लेख बहादुर गुरुङ्ग दोश्रो र पाबर जिम पोखराका संजिब पुन तेस्रो बने । ७० केजी वजन समुहमा एक्सट्रिम फिटनेस क्लब रुपन्देहीका मान बहादुर राना प्रथम, हेमर फिटनेसका राकेस यादब दोश्रो र भुमही जिम एण्ड फिटनेसका नवराज डुम्रे तेस्रो भए ।
त्यसैगरी ७५ केजी वजन भन्दा माथिको समुहमा प्याराडाइज फिटनेस सेन्टरका विवेक सिह दर्लामी प्रथम, हेल्थ वेनिफिट नेपालगंजका सितान्शु पाण्डे दोश्रो र रोयल जिम एण्ड फिटनेसका कुशल गुरुङ्ग तेस्रा भए । प्रतियोगिता रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको थियो । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]