default_image

3 years ago

April 24, 2022

मिलन स्मृति जुनियर टेबल टेनिस अर्को महिना

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगितालाई सर्बन चिपालुले मुख्य प्रायोजनगरेको छ । प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल) सहित देशभरका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागित रहने बताइएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स (जुनियर यु–१८), जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स (क्याडेड यु–१५), क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धा रहने छन् ।

झण्डै ९ लाख रुपैयाँ खर्च हुनु अनुमान गरिएको प्रतियोगितामा जुनियर ब्वाइज गर्ल्स तथा क्याडेट ब्वाइज ÷ गर्ल्स सिंगल्स स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्राले १० र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

स्पिन इभेन्ट्सका चेयरमेन सुमन शाक्यले अहिले टेवल टेनिसमा रहेको अरु खेलमा पनि जाने लक्ष्य रहेको बताए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यो प्रतियोगिता एक हिसावले ट्यालेन्ट हन्ट नै रहेको जुनियर खेलाडीले राष्ट्रिय टोलीमा आओस भन्ने रहेको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताए ।

मिलनको एक वर्षअघि निधन भएको थियो । मिलनले अन्तर्राष्ट्रिय नखेलेको ४–५ वटा राष्ट्रिय खेलेको जुनियरमा दोस्रोसम्म भएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पुर्व राष्ट्रिय खेलाडी श्रवण सिपालुको सहयोगमा हुन लागेको हो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.