3 years ago
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।
सरस्वती महिलातर्फ तथा इन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट चुनिएका हुन् । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिनको स्पर्धामा उनीहरुले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जित्न सफल भएका थिए । महिलातर्फको सर्वाेत्कृष्ट सरस्वतीले एक थान स्कुटर तथा पुरुषतर्फको सर्वाेत्कृष्ट इन्द्रले एक थान मोटरसाइकल हात पारे ।
सरस्वतीले महिला ७५ केजी तौल समूहमा आर्मीकी निरु गुरुङलाई अंकको आधारमा हराउँदै स्पर्ण जित्न सफल भएकी भइन् । यस्तै आर्मीका इन्द्रले ५७ केजी तौल समूहमा सागका पदकधारी पुरन राईलाई हराउँदै स्वर्ण जित्न सफल भएका थिए ।
गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा आर्मी ८ स्वर्ण र ३ रजतपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत र कास्य जितेको पुलिस तेस्रो भयो । प्रदेश १ र प्रदेश ७ ले समान एक रजत जित्न सफल भए ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]