3 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका जयराम श्रेष्ठलाई चार स्ट्रोकले पछि पार्दै सिजनको दोस्रो तथा समग्रमा खेल जीवनको दसौं उपाधि जितेका हुन् । उपाधिसँगै भुवनले एक लाख रुपैयासहित ट्रफी हात पारे ।
दोस्रो भएका जयरामले फाइनल राउन्डमा ६ अन्डर ६२ र समग्रमा ९ अन्डर २ सय ६३ स्कोर गरे । उनले ६५ हजार रुपैया जिते । सन्जय लामाले ६ अन्डर २ सय ६६ स्कोरका साथ तेस्रो स्थान हासिल गरे । उनले ४६ हजार पाए । ५ अन्डर २ सय ६७ स्कोरसहित दिनेश प्रजापति र रामे मगर संयुक्त रुपमा चौथो भए । अन्तिम दिन दिनेशले दुई ओभर ७० र रामेले ५ अन्डर ६३ स्कोर गरे । उनीहरुले समान ३६ हजार पाए ।
धन बहादुर थापा (६८) छैटौ हुँदै ३० हजार जिते । समान २ अन्डर २ सय ७० बनाएका तीन प्रो भुवन कुमार रोक्का (७६), दीपक मगर, (७३) र निरज तामाङ (७१) संयुक्त रुपमा सातौ भए । उनीहरुले समान २४ हजार ३ सय ३३ रुपैयाँ हात पारे । अन्तिम दिन १ अन्डर ६७ रन बटुलेका रवि खड्का इभन पार २ सय ७२ का साथ दसौं भए । उनले २० हजार पाए ।
विजेता भुवनले फ्रन्ट नाइनमा चार अन्डर ३० र ब्याक नाइनमा दुई ओभर ३६ रन बटुले । फाइनलमा सन्जय लामाभन्दा एक स्ट्रोकले अघि रहेका भुवनले पहिलो, दोस्रो, तेस्रो र चौथो होलमा लगातार चार बर्डी बनाएर आठौं होलमा पनि बर्डी बनाए । उनले टर्न लिनुअघि सातौंमा बोगी खेपे । ब्याक नाइनमा १४ र १५औं होलमा सट हाने र अन्य सात होलमा पार्स जोगाए ।
उत्कृष्ट प्रदशएन गर्दै ६ अन्डर ६२ स्कोर बनाएर जयराम दोस्रो स्थानमा पुगे । उनले फ्रन्ट नाइनमा चार अन्डर ३० र ब्याक नाइनमा दुई अन्डर ३२ स्कोर गरे । एनले पाँचौ होलमा बोगीको सामना गरे । पाँच अन्डर २ सय ६७ स्कोरका साथसुवास तामाङले एमेच्योरतर्फ उपाधि जिते । अन्तिम दिन सुवासले एक अन्डर ६९ खेल्दै समग्रमा चौथो स्थानमा रहे ।
सुरेश तामाङ २ सय ९१ अंकमा दोस्रो तथा गजेन्द्र गुरुङ २ सय ९२ अंकमा तेस्रो भए । नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता १९ देखि २२ अप्रिलसम्म रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा बेलायनमा बस्दै आएका ७ नेपाली खेलाडीसहित ६० जना गल्फरको सहभागिता रहेको थियो । जसमा ३८ व्यवसायिक र २२ एमेच्योेर गल्फरको सहभागिता रहेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]