3 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चीनको हान्झाउमा भदौ/आसोजनमा आयोजना हुने १९ औं एसियाली खेलकुदमा २३ खेलमा भाग लिने भएको छ । एसियाड भदौ २५ देखि असोज ९ गते सम्म सञ्चालन हुनेछ ।
युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले एसियाडमा भाग लिने खेल संख्या तय गरेको हो । सोही बैठकले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशको पोखरामा आयोजना नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।
एसियाडमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा भाग लिने निर्णय गरकेो छ । एसियाडको १८ औं संस्करणमा नेपालले २९ खेलमा भाग लिएको थियो । जसमा प्याराग्लाडिङमा नेपालले एक मात्र रजत पदक जितेको थियो ।
यसअघिका एसियन खेलमा खेलाडीको नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरुका आधारमा एशियाडमा समावेश हुने खेलको तय गरिएको बताइएको छ । बैठकले एसियाडमा खेलमा भाग लिने खेलका खेलाडीको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको बताइएको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]