3 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्ष्तामा शुक्रबार बासेको बोर्ड बैठकले खेल संख्या तय गरेको हो ।
राष्ट्रिय खेलकुदको नवौं संस्करण जेठ २२ देखि २८ गते सम्म आयोजना हुने यसअघि नै घोषणा भइसकेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि पहिलो पटक बासेको राखेपको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका–२०७९ पारिस गरेको बताइएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास समावेश छन् ।
त्यस्तै तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी ७ ए साईट खेल नवौंमा राखिएका छन् । बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगिता मुल आयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत गरेको जनाएको छ ।
११ टोलीको सहभागिता
नवौं राष्ट्रिय खेलकुदमा ११ टोलीको सहभागिता रहने भएको छ । ७ प्रदेश, तीन विभाग (सेना, प्रहरी र सशस्त्र प्रहरी) र एनआरएनए गरि ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]