3 years ago
April 21, 2022
डोटी (हाम्रो खेलकुद)– डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा आयोजक टोली विजयी भएको छ । मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
सिलगढी डोटी स्थित टुडिखेलमा भएको मैत्रीपूर्ण खेलमा भैरव प्रसाद गणले दिपायल सिलगढी नगरपालिकालाई ४–१ ले हराएको थियो । सेना र नागरिक एक अर्काका परिपुरक भएको उल्लेख गर्दै श्री भैरव प्रसाद गणका गणपती जनमतबहादुर कार्कीले नागरिक र सेनाबीच प्रगाढ सम्बन्ध स्थापित भए मात्रै शान्ति सुव्यवस्था कायम गर्न सकिने बताए ।
जिल्ला प्रशासन कार्यालय डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शारदा प्रसाद चौधरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिगम्वर गिरी, डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष नरेश मलासीलगायतको उपस्थिति थियो ।
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]