3 years ago
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – द इन्साइट भिजन कलेजले मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता उपाधि जितेको थियो । पिसप्वाइन्ट बोडिङ स्कुललाई शनिबार टाइब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीपछि द इन्साइट भिजनले बाजी मारेको थियो ।
त्यसअघि सेमिफाइनलमा द इन्साइट भिजनले जेएमसीलाई र पिसप्वाइन्टले हिमालयन ह्वाइट हाउसलाई हराएको थियो । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विजेता टोलीका जतिन बराल सर्वाधिक गोलकर्ता बनेको प्रतियोगितामा सोही टोलीका विकेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
विजेता टोलीका मिगमार तामाङ उदयीमान खेलाडी, जेएमसीका आर्यान थापा उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १ हजार रुपैयाँ प्राप्त गरे । मिड भ्याली इन्टरनेसल कलेजले ग्यालेक्सी पब्लिक प्लस टुको सहकार्यमा ज्ञानेश्वरस्थित मिड भ्यालीकै इन्डोर फुटसल मैदानमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितालाई प्रोफेसनल एजुकेशन कन्सल्ट्यान्सी बानेश्वरले मुख्य प्रायोजन ता स्टार इजुकेशन बानेश्वरले सहयोग गरेको थियो ।
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]