default_image

3 years ago

April 2, 2022

डेभिड हेरिटेज आरडब्लूको हेभी वेट च्याम्पियन

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– डेभिड प्रथम हेरिटेज रिङ रेस्लिङ (आरडब्लू) राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेटतर्फ च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् ।

डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ८५ हजार रुपैयाँ प्राप्त गरे । यो विधामा अघिल्लो पटकको च्याम्पियन चट्टान तेस्रो भए । तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा साइन घाइते भएर खेल्न नसक्ने भएपछि रेफ्रीले उनलाई चट्टानलाई विजेता घोषणा गरेका थिए । हाडकोर च्याम्पियन चट्टानले ७५ हजार रुपैयाँ पाए ।

नुवाकोटे टाइगरले चट्टानलाई तथा डेभिडले साइनलाई पराजित गर्दै फाइनलको भिडन्त तय गरेका थिए । ट्याग टिममा योङ स्याडी र सिजे वल्डको जोडीले स्पाइडर म्यानलाई पराजित गर्दै च्याम्पियन बने । ट्याग टिम च्याम्पियन जोडीले ९५ हजार रुपैया हात पार्यो । निकै नै रोमाञ्चक बनेको लाईट वेट फिमेलमा तन्नुलाई पराजित गर्दै आकृति च्याम्पियन बनिन् । च्याम्पियन आकृतिले ६५ हजार रुपैयाँ हात पारिन् ।

च्याम्पियन खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) पुर्व उपाध्यक्ष पिताम्वर तिम्सिना, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव पुरेन्द्र विक्रम लाखे, राखेप सदस्य एकेन्द्र कुँवर, चन्द्र बदना राई, रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कृत गरे । नेपाल रिङ रेस्लिङको आयोजना तथा काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा च्याम्पियनसिप आयोजना भएको थियो ।

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.