default_image

3 years ago

April 2, 2022

सम्झना कपमा श्यान्टु र त्रिशा च्याम्पियन

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार भएको फाइनलमा त्रिशा महिला र श्यान्टु पुरुष सिंगल्सको विजेता बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ र ११–४ को सेटमा पराजित गरे । बैंक अफ बरोडा, भारतका नितिन र श्रीकृष्ण अरुणचलम तेश्रो भए ।

सम्झना ल्याबको मुख्य प्रायोजन तथा ललितपुर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिता महिला सिंगल्फको त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६ र ११–५ को सेटमा हराइन् । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेश्रो बने । दुवैतर्फका विजेताले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोलीले समान ३ स्वर्ण जिते । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जितेका थिए । बैंक अफ बरोडाले पुरुष÷महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान प्राप्त गर्यो । टिममा शीर्ष तीन स्थान हात पार्नेलाई पनि सिंगल्सकै जस्तो विजेताले ५०, दोस्रो टोलीले २५ र तेस्रो टोलीले समान १० हजार रुपैयाँ प्राप्त गरे । भेट्रानमा पहिलोले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बाग्मती प्रदेशका सांसद् राजकाजी महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, सम्झना ल्याबकी निर्देशक रजना श्रेष्ठ जोशी, स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यलगायतले पुरस्कृत गरे । सो अवसरमा दक्षिण एसियाली खेलकुदको टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेकी सिजरिन शाहलाई आयोजकले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको ५ दिन सम्म चलेको प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको थियो ।

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.