3 years ago
March 26, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– भारतको हरियाणा स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्बल आ आफ्नो समूहको विजेता बन्दै आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणाले घरेलु टोली लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । हरियाणा समूह एको विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि हरियाणाले न्यु डायमन्ड एकेडेमीसँग खेल्नेछ ।
त्यसैगरी दोस्रो खेलमा आमीले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । आर्मी पनि समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।अ ब आर्मीले सेमिफाइनलमा पुलिसको सामना गर्नेछ ।आइतबार पहिलो सेफिाइनल हरियाणा र न्यु डायमन्ड तथा दोस्रो सेमिफाइनल आर्मी र पुलिस बीच हुनेछ । सोमवार दिउँसो फाइनल खेल हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]