default_image

3 years ago

March 26, 2022

मुख्यमन्त्री कपमा आर्मीका मानबहादुर सर्वोत्कृष्ट

312 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । कैलालीस्थित धनगढी रंगशालाको कभर्डमा शनिबार भएको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–२३,२५–२०,१८–२५, २५–२२ ले हराउँदै आर्मी च्याम्पियन बनेको थियो ।

आर्मीकी हरि अधिकारी उत्कृष्ट ब्लकर, हरिहजुर थापा उत्कृष्ट सेटर र जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । त्यस्तै पुलिसका कप्तान इम राना उत्कृष्ट सर्भर, पुलिसकै रविन चन्द उत्कृष्ट स्पाइकर र गण्डकी प्रदेशका राजन दलार्मी उत्कृष्ट डिफेन्स घोषित भएका थिए । उत्कृष्टले समान १० र सर्वोत्कृष्टले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

घरेलु प्रतियोगितामा लगातार उच्च प्रदर्शन गर्ने क्रममा मानबहादुर गत वर्ष इमालमा भएको प्रतियोगिता र यसै बर्ष एनभिए क्लब च्याम्पियनसिपमा पनि सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । झण्डै दुई वर्ष पछि राष्ट्रिय टोलीमा पूनरागमन गरेको उनी एभिसी सेन्ट्रल जोनमा दुई खेलमा म्यान अफ दी म्याच चुनिएका थिए ।

आर्मीले उपाधिका साथ ४ लाख, दोस्रो पुलिसले २ लाख रुपैयाँ प्राप्त गरेयो । तेस्रो स्थान प्राप्त गरेको गण्डकी प्रदेशले १ लाख र चौथो भएको एपिएफ क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्यो । सुदूरपश्चिम खेलकुद विकास परिषद्को आयोजनामा चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरि १० टोलीको सहभागिता रहेको थियो ।

आर्मीले यो वर्ष उपाधिमा ह्याट्रिक गरेको छ । माघ पोखरामा भएको टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जित्नु अघि आर्मीले एनभिए क्लब च्याम्पियनसिप जितेको थियो । आर्मीले ती दुवै फाइनलमा टिप टप हेल्प नेपाललाई हराएको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.