default_image

3 years ago

March 23, 2022

लुम्विनी जनरल इस्योरेन्स ओपन गल्फ यसै साता

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी जनरल इस्योरेन्स कम्पनीको प्रायोजनमा यसै साता रोयल नेपाल गल्फ क्लबमा ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।

शुक्रबार र शनिबार आयोजना हुने प्रतियोगितमा करिब १ सय २० गल्फरको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी जनरल इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले जानकारी दिए । प्रतियोगितमा महिलातर्फ १०, जुनियरतर्फ १६ गल्फर र बाँकीले खुल्लामा प्रतिस्पर्धा गर्नेन रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष मधुर सिन्याले जानकारी दिए । प्रतियोगिता १८ होलमा स्टेवल फोर्ड ३÷४ ह्यान्डीक्यापमा हुने बताइएको छ ।

प्रतियोगितामा पुरुष विजेता र उपविजेता, ग्रस विजेता, महिला विजेता र उपविजेता, सिनियर विजेता र उपविजेता, मस्ट बर्डिच, लङ्गेस्ट ड्राइभ, क्लोसेस्ट टु दि पिन, वेस्ट स्पोर्ट्सम्यानसिप, जुनियर विजेता ब्वाइज र उपविजेता, जुनियर गल्स विजेता र उपविजेता गरी विभिन्न १५ विजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि करिव १० लाख अनुमानित बजेट रहने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा सहायक प्रमुख कार्यकारी अधिकृत बरिश्मा आचार्य र रोयल नेपाल गल्फ क्लबका व्यवसायिक गल्फर रमेश नगरकोटीको उपस्थिति थियो । लुम्विनी जनरल इन्स्योरेन्सले सन् २०१८ र २०१९ मा गल्फ प्रतियोगिता आयोजना गरेपनि पछिल्लो दुई वर्ष कोरोना संक्रमणका कारण प्रतियोगिता हुन सकेको थिएन ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.