default_image

3 years ago

March 22, 2022

साहलीलाई एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् स्पार्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा साहलीलाई अवार्ड प्रदान गरिएको हो । उनको प्रतिनिधिका रुपमा एआइपिएस एसियाका महासचिव अजिज मल्लिकले अवार्ड ग्रहण गरेका थिए । साहली कुवेतका सक्रिय पत्रकार हुन् ।

सन् २००५ बाट पत्रकारिता सुरु गरेका साहली कुवेत राष्ट्रिय दैनिकका खेलकुद व्युरो प्रमुख हुन् । त्यस्तै उनीसाहली कुवेत फुटबल संघका मिडिया कमिटी प्रमुख समेत हुन् ।

एआइपिएस एसियाको सदस्य समेत रहेको मञ्चले केहि वर्षयता उक्त अवार्ड प्रधान गर्दै आएको छ । एआइपिएस एसियामा सक्रिया हुनका लागि उनले विश्व खेलकुद पत्रकार महासंघ (एआइपिएस) को उपाध्यक्ष पद त्यागेका थिए ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.