default_image

3 years ago

March 22, 2022

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो ।

२०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्तर नगर खेलकुदको सुरुवात गरेका थिए। अन्तर्राष्ट्रिय रुपमा दक्षिण एसियाली खेलकुद सागको सुरुवातका लागि पहल लिने मध्ये शाह एक थिए । उनकै समयमा देश भित्र खेलकुदका पूर्वाधार निर्माण भएको थियो ।

शाहको कार्यकालमा ७५ वटै जिल्लामा कवर्ड हल र पाँच विकास क्षेत्रमा रंगशाला निर्माण गरिएको थियो । जुन हालसम्म पनि नेपाली खेलकुदमा सबैभन्दा महत्त्वपूर्ण कदम मानिन्छ । खेलकुद विकासका लागि शाहले ’खेलकुद कर’ अवधारणा ल्याएका थिए । अन्तर्राष्ट्रिय खेल संस्थासँग उनको सम्बन्ध बलियो थियो। उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्ष समेत बनेका थिए भने नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हालेका थिए । शाहकी धर्मपत्नी र सुपुत्रीले अवार्ड ग्रहण गरेका थिए ।

सदस्य सचिव शाहको युग २०४५ सालमा दशरथ रंगशालामा घटेको फुटबल काण्ड संगै समाप्त भएको थियो । कम्तिमा ७२ जना दर्शकको ज्यान जाने घटना पछि उनीसँगै राखेपको तत्कालिन नेतृत्वले राजीनामा दिएको थियो । शाहको ०६९ असार ५ मा सिंगापुरमा निधन भएको थियो ।

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

Success

Thank you for your time.