default_image

3 years ago

March 22, 2022

राणालाई स्पेशल अवार्ड

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– डा. अजय राणा पल्सर स्पोर्टसमा स्पेशल अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको १८ औं संस्करणमा डा. राणा स्पेशल अवार्ड अन सिन हिरोबाट सम्मानित भएका हुन् ।

राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए । संकटा र ब्वाइज युनियनबाट फुटबल पनि खेले । सन् १९७२ मा उनी हक्कीको राष्ट्रिय टोलीका लागि छनोट भए र त्यहि बेला डाक्टरी पढ्ने सूचीमा पनि नाम निस्कियो। खेल र करिअर छान्नु पर्ने द्धिविधाका बीच उनले पढाई रोजे र भारत गएका थिए ।

पछि खेलकुद नै उनको कर्मथलो बन्यो । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य ब्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गरेका थिए ।

राणाले फिफाको मेडिकल इन्ट्रक्टर, एएफसीको प्यानल अफ मेडिकल एक्सपर्ट, विश्व ब्याडमिन्टनको अन कोर्ट डाक्टर, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको मेडिकल एन्ड एन्टि डोपिङ कमिटीका चियरम्यान, बक्सिङ महासंघका अन कोर्ट डाक्टरको जिम्मेवारी निर्वाह गरेका थिए ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.