default_image

3 years ago

March 22, 2022

धाविका पुष्पालाई स्पेसल अवार्ड

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– धाविका पुष्पा भण्डारी पल्सर स्पोर्टस अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको १८ औं संस्करणमा पुष्पा स्पेशल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी हुन् ।

कोरोना संक्रमणका कारण लगभग ढप्प भएको खेलमा पुष्पाको सफलताले केहि राहत दिएको थियो। २०७७ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगत तर्फ पुष्पाले दिलाएकै सफलता एक मात्र रह्यो। गतवर्ष पुष २६ गते बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा उनले स्वर्ण पदक जितेकी थिइन् ।

त्यसमा उनले दुई भारतीय खेलाडीलाई पछि पार्दै आफूलाई विजेता बनाएकी थिइन् । उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा उक्त दौड पूरा गरेकी थिइन् । दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पाले रजत पदक जितेकी थिइन् ।

धनगढीमा २०६८ मा भएको छेटौं राष्ट्रिय खेलकुदबाट लामो दुरीमा होमिएकी उनले सागमा रजत दिदै चर्चा बटुलेकी थिइन् । २०६९ सालमा लुम्बिनी च्याम्पियनसिपमा म्याराथनमा स्वर्ण जितेसंगै पुष्पा सशश्त्र प्रहरी बलको एपिएफमा आबद्ध भएकी थिइन् ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.