default_image

3 years ago

March 22, 2022

सरितालाई पारा एथलिट अनर

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्डको १८ औं संस्करणमा सरिता पारा एथलिट अनरबाट सम्मानित भएकी हुन् ।

३ वर्षको उमेरमा पोलियो भएपछि सुनसरी सरिताले एउटा खुट्टा गुमाउनु परेको थियो । घिस्रेरै स्कुलले जीवन पार गरेकी उनी उच्च शिक्षाका लागि काठमाडौं पसेकी थिइन् । सांगितिक जीवनलाई अघि बढाउने सोच राखेपनि फरक क्षमताहरुको पनि खेलकुद हुन्छ भन्ने थाहा पाएपछि उनको खेल जीवनले नयाँ मोड लिएको थियो ।

खेलकुदमा उनको सुरुवात भने पारा फुटबलबाट भएको थियो । त्यसपछि उनले ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङ खेलिन् । ती कुनैपनि प्रतिस्पर्धामा उनी दोस्रो हुनु परेको परे । लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले देशको प्रतिनिधित्व गरिसकेककी छिन् ।

गतवर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको त्रुटीका कारण भने उनी त्यो ठूलो खेलमेलाको अनुभव बटुल्नबाट भने बञ्चित भएकी थिइन् ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.