default_image

3 years ago

March 21, 2022

एपिएफले प्रधानमन्त्री कप भलिबल नखेल्ने

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता समेत रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले नेपालगन्जमा यसै साता सुरु हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा भाग नलिने भएको छ । नेपालगन्जको कभर्ड हलमा प्रधानमन्त्री कपको आठौं संस्करण बिहीबार सुरु हुँदैछ ।

मुख्य खेलाडी चोटका कारण टोली बाहिर र केही खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) कै आन्तरिक प्रशिक्षणमा रहनुपर्ने भएपनि यसपटक सहभागिता नजाउने एपिएफको भलिबल टोलीका व्यवस्थापक विजय केसीले हाम्रो खेलकुदलाई जानकारी गराए । एपिएफले सर्वाधिक ३ पटक प्रधानमन्त्री कप जितेको छ ।

टोलीकी महत्वपूर्ण खेलाडी सरस्वती चौधरीको गत माघमा बायाँ घुडाको शल्यक्रिया गरेको हुँदा ९ महिना कोर्ट बाहिर रहनेछिन् । गत पुसमा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेका सरस्वतीलाई त्यसपछि २६ पुसदेखि माघ १ सम्म पोखरामा सम्पन्न टाइगर कप दौरान चोट बल्झिएपनि शल्यक्रिया नै गर्नुपरेको थियो ।

त्यस्तै टोलीकी महत्वपूर्ण मिडल ब्लकर उषा कुमारी विष्ट इन्ज्युरीका टाइगर कपपछि टोलीमा रहेका छैनन् । उनले गत फागुनमा झापाको दमकमा प्रतियोगिता खेल्न जानुअघि उषालाई चोट लागेको थियो । टोलीककी अर्को महत्वपुर्ण सदस्य निरुता ठगुन्ना पनि चोटबाट पूर्णरुपमा फिट छैनन् ।

यसवर्षको भोटेकोशी अध्यक्ष कप र टाइगर कप च्याम्पियन एपिएफले सरस्वती र उषाविना झापा र चितवनमा राष्ट्रिय स्तरको प्रतियोगिता खेल्दा दुवै प्रतियोगितामा चौथो भएको थियो । जुन महिला भलिबलमा एपिएफको दशकयताकै खराब प्रदर्शन थियो । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता चैत १० देखि १४ गते सम्म हुनेछ ।

गतवर्ष प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । यसपटक आयोजकले सहभागी टोलीबारे कुनै जानकारी गराएको छैन । सातौं संस्करण सकिदा एपिएफले सर्वाधिक तीन तथा नेपाल पुलिस क्लब र भारतको रेलवे इण्डियाले समान दुईपटक उपाधि जितेका छन् ।

पहिलो संस्करण पुलिस, दोस्रोमा एपिएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपिएफ, छैटौमा पुलिस र सातौंमा पुनः एपिएफ च्याम्पियन बनेको थियो ।प्रतियोगिताको किट पार्टनरको रुपमा अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक विक्रेता सिटिएल रहेको छ ।

यो पनि पढ्नुहोस् ।

सरस्वती नहुँदा एपिएफको दशककै खराब नतिजा

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.