default_image

3 years ago

March 16, 2022

कालिका भगवती फाइनलमा

121 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार समुह ‘क’ को अन्तिम खेलमा गुठी युनाईटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती फाइलनमा प्रवेश गरेको हो ।गुठीले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा फाइनल पुग्ने मौका गुमायो ।

खेलको १२ औं मिनेटमा कर्नर बललाई हेडिङबाट गोल गर्दै अविशेषक बोहोराले गुठीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको गुठीले दोस्रो हाफमा राम्रो मौका पाएपनि गोल गर्न भने सकेनन् ।

पहिलो हाफमा १ गोलले पछि परेको कालिका भगवतीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । खेलको ५९ औं मिनेटमा कालिका भगवतीका मनिष श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मनिषले नै खेलको ८१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो । मनिषले खेलको ८२ औं मिनेटमा गुठीका किपरबाट विट गर्दै ब्याकहिल गोल गर्दै कालिका भगवतीलाई २–१ को जित दिलाए ।

कालिका भगवतीले लिगको ३ खेलमा २ जित र १ बराबरी सहित ७ अंक प्राप्त गर्दै समुहको शिर्षस्थानमा रहयो भने गुठीले १ जित १ बराबरी र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।

यस्तै रामरेखा युवा क्लबले लिगको आफ्नो अन्तिम खेलमा पावर फिटनेश क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ । रामरेखाको जितमा कप्तान गणेश चोखालले २, अभिशेक पुन र हेन्सम बोहोराले १–१ गोल गरेका थिए । कप्तान चोखालले खेलको पहिलो मिनेट र ६१ औं मिनेटमा गोल गरेका थिएभने अभिषेक पुनले खेलको तेस्रो मिनेट र हेन्सम बोहोराले ६४ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलमा जित हात पारेको रामरेखाले ३ खेलमा १ जित, बराबरी र १ हार सहित ४ अंकका साथ समुहको तेस्रो स्थान र पावर फिटनेस क्लबले १ खेलमा बराबरी र २ खेलमा हार बेहोर्दै १ अंकका साथ लिगको अन्त्य गरेका छन् ।

प्रतियोगिता अन्तर्गत विहीबार समूह ‘ख’का लिगका अन्तिम खेल हुनेछन् । बुधबार समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो । समुह ‘ख’बाट फाइनल पुग्न बाल जीवन खेलकुद क्लबलाई बराबरी खेले पुग्नेछ । बाल जीवन दुई खेलमा ६ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छभने ३÷३ अंकका साथ विर गोर्खाली युवा क्लब दोस्रो र बागलुङ कालिका युवा क्लब तेस्रो स्थानमा रहेका छन् । यस्तै चौथो स्थानमा रहेको रुद्रेपिपल युवा क्लबले दुई खेलमा पराजित हुँदै कुनै अंक प्राप्त गरेको छैन ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली लिगमा छनोट हुन सफल भएका थिए । प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुने छ ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.