default_image

3 years ago

March 14, 2022

कालिका भगवती समुहको शीर्षस्थानमा उक्लियो

95 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको समुह ‘क’को शिर्ष स्थानमा उक्लिएको छ ।

सोमबार भएको समुह ‘क’को लिगको दोस्रो चरणको खेलमा रामरेखा युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती समुहको शिर्ष स्थानमा उक्लिएको हो । मनिष श्रेष्ठको ह्याट्रिक गोलको मद्धतमा कालिका भगवतीले रामरेखा विरुद्ध सानदार जित हात पारेको थियो ।

रामरेखाले खेलको दोस्रो मिनेटमै विश्वास थापाको गोलबाट अग्रता लिएको थियो । थापाले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । उक्त प्रहारलाई रामरेखाका गोलकिपर सुजन किसानले बचाउने कुनै मौका नै पाएनन् ।

रामरेखा विरुद्ध आक्रमक खेल प्रस्तुत गरेका बागलुङ कालिकाका मनिष श्रेष्ठले खेलको ४५ औं र ५४ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा लगातार गोल खाएको रामरेखाको लागि कप्तान गणेश चोखालले मैदानको विच भागबाट गरेको प्रहार गोलमा परिणत हुँदै खेल ३–१ गोलअन्तरमा झारेका थिए । तर, खेलको ६९ औ मिनेटमा कालिका मनिष श्रेष्ठले गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । कालिका भगवतीको लागि रोशन लामिछानेले खेलको ७७ औं मिनेटमा गोल गर्दै ५–१ गोलअन्तरले जित दिलाए ।

दुई खेलमा चार अंक प्राप्त गरेको कालिका भगवती युवा क्लब गोलअन्तरको आधारमा समुहको शिष स्थानमा उक्लिएको छ ।
यस्तै आजै भएको समुह ‘क’को पहिलो खेलमा गुठी युनाइटेड क्लबले पावर फिटनेस क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

गुठी युनाइटेडले खेलको २० औं मिनेटमा अभिषेक बोहोराको गोलबाट अग्रता लिएको थियो । उसको लागि खेलको २९ औं मिनेटमा सुदिप श्रेष्ठले गोल गरेका थिए भने ४४ औं मिनेटमा विनम गुरुङले गोल गरेका थिए । गुठीको लागि अन्तिम गोल खेलको ५७ औं मिनेटमा सुनिल श्रीसले गोल गर्दै ४–० को जित दिलाए । सोमबारको जित पछि समुह ‘क’मा गुठीको ४ अंक रहेको छ । गुठी र कालिका कालिका भगवतीको समान अंक भएपनि गोलअन्तरको आधारमा गुठी दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तरगत अन्तरगत मंगलबार समूह ‘ख’का लिगका दोस्रो चरणका खेलहरु हुनेछन् । मंगलबार समूह ‘ख’को पहिलो बिर गोर्खाली युवा क्लब क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.