3 years ago
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले डब्लू टि प्रेसिडेन्ट्स कप एसिया रिजनमा रजत पदक जितेकी छन् । इरानको तेहरानमा भएको प्रतियोगिताको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि फाइनलमा सृजना इरानी फातेमा डोडाङ्गेसँग ३३–११ ले पराजित भएकी थिइन् ।
त्यसअघि सेमिफाइनलमा भने सृजनाले टर्कीकी मेरमय बेटुललाई ११–१० ले हराइकी थिइन् । त्यसअघिको क्वार्टरफाइनलमा भने सृजनाले इरानकी साहार घान्बारी कोमिसानीलाई ५–३ ले हराएकी थिइन् । सृजनासँगै तेहरानमा रहेका प्रशिक्षक कविराज नेगी लामाका अनुसार नेपालले फेयर प्ले अवार्ड जितेको छ ।
सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन् ।
अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रुपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता हो । ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेपनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पनि पलेशाको प्रशिक्षक लामा नै थिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]