3 years ago
March 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– छैठौ झिल्टुडग क्रसकन्ट्री दौडको उपाधि महिलातर्फ धरानकी निकी नेम्बाङ र पुरुषतर्फ एपिएफ राजेन्द्र तामाङले जितेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं ५ कोल्पुटारमा शनिबार भएको १३.५ किलोमिटर क्रसकन्ट्री दौड़मा महिला र पुरुष सहित ३ सय ८० खेलाडीले भाग लिएका थिए । महिलातर्फ नितु तामाङ र छोकी शेर्पा तेस्रा भइन् । पुरुषतर्फ रामजी बस्नेत दोस्रो र भीम बहादुर गुरुंङ तेस्रा भए ।
१३.५ किमी स्थानिय पुरुष तर्फ सुजन श्रेष्ठ विजय भए । विमल थाम .दोस्रो र राजीव नेपाल तेस्रा भए । ४.५ किमी छात्र जुनियर खुल्लामा विश्वराम प्रथम, अशोक बोराम दोश्रो र सुमन शेर्पा लिम्बु तेस्रो भए । छात्रा तर्फ कन्चनपुर का सरस्वती बोहोरा प्रथम, मनिषा गिरी दोस्रा र गोमा बुढामगर तेस्रो भइन् ।
स्थानिय ४.५ किमी छात्र तर्फ पवन राई प्रथम, सुमन श्रेष्ठ दोस्रो र असल थापामगर तेस्रो भए । छात्रामा सपना श्रेष्ठ,अस्मिता दुलाल र पिस्कीला दुलाल क्रमश पहिलो, दोस्रो र तेस्रो भइन् । स्थानिय पुरुष ४५ बर्षमाथिको दौडमा राजेन्द्र प्रसाद नेपाल प्रथम, मिठु नेपाल दोस्रा र बिष्णु बहादुर श्रेष्ठ तेस्रो भए । ४.५ कि मि को आमा समूहमा कमला श्रेष्ठ पहिलो, सन्तुमाया श्रेष्ठ दोस्रा र विमला श्रेष्ठ तेस्रो भइन् ।
खुल्ला भेट्रान १३.५ कि मि दौड किर्तीपुरका धर्म महर्जनले जितेका छन् । रेवत बहादुर दाहाल दोस्रो र भीम बहादुर गुरुङ तेस्रा भए। एथलेटिक्स परिवार ,नेपाल ले सो प्रतियोगितामा प्राविधिक सहयोग गरेको थियो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]