default_image

3 years ago

March 13, 2022

बिर गोर्खाली र बाल जीवनको विजयी सुरुवात

195 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बिर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लबले विजयी सुरुवात गरेका छन् ।

आईतबार भएको समुह ‘ख’को पहिलो खेलमा बिर गोर्खाली युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । बिर गोर्खालीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६६ औं मिनेटमा बिर गोर्खालीका कप्तान प्रमल थापाले रुद्रेपिपलका गोलकिपर जोनाथन बोहोराबाट रिबाउन्ड भएर आएको बललाई डिबक्सबाट गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बिर गोर्खालीको लागि खेलको ७२ औं मिनेटमा सञ्जय महतले गोल गर्दै जित सुनिश्चित गरेका थिए । जितपछि बिर गोर्खालीले तीन अंक प्राप्त गर्दै आफ्नो समुहको दोस्रो स्थानमा रहेको छ । उक्त खेलको म्यान अफ दि म्याच बिर गोर्खाली युवा क्लबका टिटस विक घोषित भएका थिए ।

यस्तै आजै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लबले मोहन थापाको ह्याट्रिक गोलको मद्धतमा बागलुङ कालिका युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै सुखत सुरुवात गरेको छ । सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको बाल जीवनले खेलको १२ औं मिनेटमा अजय पुनको गोलबाट अग्रता लिएको थियो । बाल जीवनको लागि खेलको २१ औं मिनेटमा सुजित राजकोटीले काउन्टर अट्याकमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको बाल जीवनले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दिएको थियो । खेलको म्यान अफ दि म्याच घोषित भएका बाल जीवनका मोहन थापाले खेलको ४६ औं, ५१ औं र ५८ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए । बागलुङ कालिकाको लागि खेलको ६३ औं मिनेटमा युवेश थापाले पेनाल्टीबाट गोल गरेका थिए । बाल जीवनका गोल रक्षक सौगात खड्काले बागलुङ कालिकाका खेलाडीलाई डिबक्स एरियामा फल गरेपछि प्राप्त गरेको पेनाल्टीलाई थापाले गोलमा परिणत गरेका थिए ।

यस्तै खेलको ७७ औं बाल जीवनका गोलकिपर खडका अगाडी बढेको अवस्थामा बागलुङ कालिकाका सचिन केसीले उत्कृष्ट गोल गर्दै गोलअन्तर घटाएका थिए । निर्धारित समयमा दुवै टिमबाट अन्य गोल नभएपछि बाल जीवनले जित सहित ३ अंक प्राप्त गरि समुहको शिर्ष स्थानमा उक्लिएको छभने बागलुङ कालिका युवा क्लब समुहको पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तरगत अन्तरगत सोमबार समूह ‘क’का दोस्रो चरणका खेलहरु हुनेछन् । सोमबारसमूह ‘क’को पहिलो खेल गुठी युनाइटेड क्लब र पावर फिटनेस क्लब विच हुनेछभने दोस्रो खेल रामरेखा फुटबल क्लब र कालिका भगवती युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.