3 years ago
March 13, 2022
चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता च्याम्पियन बनेको छ ।
आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्डले विभागीय टोली पुलिसलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । प्रतिस्पर्धा फाइनल खेलमा न्यु डायमन्डले दोस्रो, चौथो र पाँचौं सेट जित्दै च्याम्पियन बनेको हो । न्यू डायमन्डले पुलिसलाई १८-२५, २५-१३, १९-२५, २५-२३ र १५-९ ले हराउँदै च्याम्पियन बनेको हो ।
पहिलो सेट गुमाएपनि दोस्रो सेटमा सानदार जित हात पारेको थियो । चौथो सेटमा कडा प्रतिस्पर्धा भएको खेलमा न्यु डायमन्डले २५(२३ ले जित्दै पाँचौं सेटमा पुर्याएको थियो । पाँचौं सेटमा सहज जितका साथ च्याम्पियन बन्यो ।
पहिलो सेमिफाइनलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिताको विजेताले न्यु डाइमण्डले दुई लाख रुपैयाँसँगै ट्रफी मेडर र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पुलिसले एक लाख रुपैयाँ र तेस्रो भएको आर्मीले ५० हजार रुपैयाँ हात पारे । चौथो अर्थात सान्त्वना भएको एपिएफले २५ हजार हात पारे ।
कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा प्रतियोगितामा तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, वालिङ भलिबल क्लब, एभरेष्ट स्पोर्ट्स क्लब बुटवल, चुली युवा क्लब सुर्खेतसँगै आयोजक कर्पाकेली पुन युवा क्लबको सहभागिता थियो ।
यस वर्ष न्यु डायमन्डले जितेको तेस्रो उपाधि हो । न्यु डायमन्डले गत असोजमा सम्पन्न एनभिए क्लब भलिवल च्याम्पियनसिपको फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको थियो । यसै सातामा झापामा सम्पन्न दमक कपमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]