default_image

3 years ago

March 12, 2022

सेन्ट्रल प्लाजा प्रधानमन्त्री कपको हस्पिटालिटी पार्टनर

264 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा फाइभ स्टार होटल सेन्ट्रल प्लाजा हस्पिटालिटी पार्टनरको रुपमा आबद्ध भएको छ ।

सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेर्टिङ अफिसर सौगात विक्रम शाहको उपस्थिति थियो ।

‘प्रधानमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ’ सेन्ट्रल प्लाजाका महाप्रबन्धक भी कुमारले भने–‘खेलपर्यटन पनि समग्र पर्यटनको विकास एवं आर्थिक समृद्धिको आधार भएको हुँदा प्रधानमन्त्री कपसँग सहकार्य गरेका हौं ।’

राष्ट्रिय स्तरका खेलाडीहरुको सम्मान स्वरुप स्तरीय हस्पिटालिटीमा जोड दिएको प्रधानमन्त्री कपका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले बताए । नीजि क्षेत्रको सहभागिता विना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा नीजि क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने गरेको आयोजक संघले जनाएको छ ।

‘नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई जोड्न पनि हामीले यो पाइला चालेका हौं । कोहलपुरमा खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवैं सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरेका छौं, बाँके जिल्ला भलिबल संघका अध्यक्ष ठकुरी भन्छन्, ‘त्यसले नेपालगन्ज कोहलपुर सडकखण्डले बिभिन्न जातीय, धार्मिक र साम्प्रदायिक क्लस्टरलाई पनि जोड्नेछ ।’

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजना चैत १० देखि १४ गते सम्म हुने यसअघि नै संघले जानकारी गराएसकेको छ । प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको संघले जनाएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको हो ।

प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको र आउने दिनमा सहभागी टोलीका बारेमा जानकारी गराइनेछ संघले जनाएको छ । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.