default_image

3 years ago

March 11, 2022

पिप्ले क्याम्पा मिनी रंगशाला तयार

360 views

0 Bookmark

दिक्षान्स खड्का, हेटौडा

हेटौंडा उममहानगरपालिका ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एकवर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको शुक्रबार हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् ।

पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा क्लब अध्यक्ष सुशील घिमिरेको पहलमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला निर्माण अभियान सुरु गरिएको थियो । रंगशाला निर्माणका लागि सहयोगी संघसंस्था तथा व्यक्तिहरुले पनि आवश्यक सघाउ पु¥याएका थिए । करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए ।

रंगशालामा हेटौंडा उपमहानगर र ५ नम्बर वडाबासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ लगानी भएको छ । घिमिरले विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट पनि करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको बताए । रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ । उनका अनुसार २० हजार क्षमताको रंगशालानको रुपमा यसलाई विकास गरिनेछ ।

हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसावले देशमै अग्रस्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ सञ्चालन हुने फुटबल प्रतियोगिताहरुमा दर्शकका लागि बाँसको अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथलेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ ।

अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको पनि अध्यक्ष घिमिरेले जानकारी दिए । बागमती खेलकुद परिषद्को आयोजनामा हुने हुने प्रदेश खेलकुदको उद्घाटन यहि पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।

February 9, 2025

शीतकालीन एसियाली खेलकुद – ४ नेपालीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.