3 years ago
March 7, 2022
काठमाडौँ (हाम्रो खेलकुद)– बार्सा नेपालले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । बार्सा नेपाल सन् २०१४ मा समर्थकहरुले स्थापना गरेका थिए । बार्सा नेपालका पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा आइतबार वार्षिकोत्सव मनाएको थियो ।
सो अवसरमा बार्सा नेपालले विगतमा गरेका कार्यक्रमको समिक्षा र आगामी दिनका योजनाका बारेमा छलफल भएको थियो । बार्सा नेपालका अध्यक्ष प्रकाश घर्तीले कोरोना भाइरसको महामारीको कारण समर्थकहरुको भेला नियमित रुपमा गर्न नसकिएको जनाउँदै भविष्यमा भने भेला आयोजनालाई निरन्तरता दिइने बताए ।
बार्सा नेपाल स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थकहरुको समूह हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्लबले बार्सिलोना तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ । त्यस्तै बार्सा नेपालको फुटबल टोलीले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]