3 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ ।
भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक थिए ।
नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमानिर्वाचितभए । त्यस्तै मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भए भने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भए ।
मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराए । बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिकपूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए । बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्त गतिमा भएकोमा दुःख व्यक्तगर्दै द्रुतगतिमा काम सम्पन्नगर्नुपर्नेमा जोड दिए ।
वर्तमान सरकारले खेलकुद ऐनलाई मिचेर खेलक्षेत्रको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा किचलो निम्त्याएको आरोप बस्नेतले लगाए । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले सम्बोधन गरे ।
बागमती प्रदेशमा रहेका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लाका प्रतिनिधीको अधिवेशनमा सहभागिता रहेको महासंघले जनाएको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]