3 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७७ अर्को महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ८ गते आयोजना गर्ने जानकारी दिएको हो ।
मञ्चले आयोजना गर्न लागेको यो १८ औं संस्करण हो । यसपटक भने मञ्चले फरक ढंगले अवार्ड आयोजना गर्न लागिएको जनाएको छ । विगतमा विभिन्न विधामार्फत खेलाडीहरूले वर्षभर गरेको प्रदर्शनलाई आधार मान्दै अवार्ड प्रदान गर्दै आएकामा यसपटक अवार्ड दशक अवार्ड हुने जनाएको छ । दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरु यो वर्ष सम्मानित गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
जस अनुसार सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक रहेका छन् । त्यस्तै अघिल्ला वर्षहरुमा जस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड ,एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड रहनेछन् । सर्वोकृष्ट युवा खेलाडीको विधा भने यो वर्ष समावेश नगरिने बताइएको छ ।
कोरोना महामारीका कारण खेलकुदका प्रतियोगिताहरू कम आयोजना भएको र जसका कारण नियमित अवार्डका लागि मनोनयनमा नै कठिनाई परेकाले दशक अवार्ड गर्न लागिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले बताए । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलनै निरन्तरत रहेको छ । कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा र मञ्च अध्यक्ष सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
विगतमा झैं पुरस्कार लागि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने बताइएको छ । हंशराज हुलासचन्दले अवार्ड विजेतालाई ४ वटा मोटरसाइकल र अघिल्लो वर्षको रकममा १० प्रतिशत वृद्धि गरेको कार्यकारी निर्देशक गोल्छाले जानकारी दिए ।
गोल्छाले मञ्च सँग निरन्तरत १४ वर्षदेखि सहकार्य गर्दै आएको र यसले भविष्यमा पनि निरन्तरता पाउनेमा आश्वस्त पारे । मञ्चका अध्यक्ष सुवेदीले सहकार्यका लाग हंशराज हुलाचन्दलाई धन्यवाद दिए । अवार्डका लागि अध्यक्ष सुवेदीको अध्यक्षतामा मुल आयोजक समिति तथा मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गएिको जानकारी दिइयो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]