3 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् ।
खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा स्वर्ण पदक जितेका किरणले २ घन्टा २४ मिनेट ४२ सकेन्डमा दौड पूरा गरेका हुन् । सेनाकै खेलाडीले चौथो देखि १० औं स्थान हासिल गरे ।
होमलाल श्रेष्ठ (२ घन्टा २६ मिनेट १५ सेकेन्ड) चौथा, राजन रोकाय (२ घन्टा २७ मिनेट ५२ सेकेन्ड) पाँचौं, नवराज साउद (२ घन्टा ३१ मिनेट ५५ सेकेन्ड) छैटौं, वेदबहादुर सुनुवार (२ घन्टा ३२ मिनेट १३ सेकेन्ड) सातौं, रमेश मग्राती (२ घन्टा ३६ मिनेट ५० सेकेन्ड) आठौं, सागर बुढाथोकी (२ घन्टा ४२ मिनेट ०५ सेकेन्ड) नवौं र देवराज बस्नेत (२ घन्टा ४३ मिनेट १४ सेकेन्ड) दसौं भए ।
उपाधिसँगै कृष्णाले ३ लाख रुपैयाँसहित रिसिक अटोमोबाइल प्रालिले प्रायोजन गरेको याहामा मोटरसाइलक प्राप्त गरे । दोस्रो भएको सेनाकै खड्का बहादुर खड्काले २ लाख रुपैयाँ र काठमाडौं महानगपालिकाले प्रायोजन गरेको मोटरसाइकल हात पारे ।
त्यस्तै तेस्रो भएको एपिएफका किरण सिंह बोगटीले १ लाख रुपैयाँ हात पारे । त्यस्तै चौथो भएको होमलाल श्रेष्ठले ५० हजार, पाँचौ भएको राजन रोकायाले ३० हजार, छैटौं भएको नवराज साउदले २५ हजार, सातौ भएको वेद बहादुर सुनुवारले २० हजार, आठौं भएको रमेश मगरातीले १५ हजार, नवौं भएको सागर बुढाथोकीले १० हजार र १०औं भएका देवराज बस्नेतले ५ हजार रुपैया पाए ।
महिलातर्फको हाफ म्याराथनको उपाधि १३ औं सागकी १० हजार मिटर दौडकी स्वर्ण पदक विजेता धादिङ सन्तोषी श्रेष्ठले र पुरुषतर्फ सेनाका गजेन्द्र राईले जितेका छन् ।
हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर हात पारे । हाफ म्याराथनको पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र म्याटर ट्रेडिङ कम्पनीले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गरे ।
विजयी खेलाडीलाई प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र विभिन्न प्रायोजकका प्रतिनिधिले पुरस्कृत गरे ।
खुला म्याराथनको पहिलो संस्करणमा पुलिसका भुमिराज राई, दोस्रोमा एपिएफका गोपीचन्द्र पार्की र तेस्रो र चौथोमा आर्मीका कृष्ण बस्नेत, पाँचौमा आर्मीकै होमलाल श्रेष्ठ तथा छैटौंमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]