default_image

3 years ago

February 17, 2022

पेप्सी गल्फ प्रतियोगिता शनिबार

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ ।

कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार हुने एक दिने प्रयोगिता १८ होलमा खेलाइनेछ । स्टेबलफोर्ड फम्र्याटमा प्रतियोगिता सञ्चालन हुने बताइउको छ । पुरुष, महिला, सिनियर र जुनियर गरि ९६ गल्फरले प्रतियोगितामा भाग लिने बताइएको छ ।

प्रतियोगिताको विजेता, उपविजेता, बेष्ट ग्रस , महिला विजेता, महिला सिनियर विजेता, जुनियर, लङगेस्ट ड्राइभ, कोजेस्ट टु द पिन, मस्ट बर्डिजलाई पुरस्कृत गरिनेछ ।

April 9, 2025

ललितपुर महानगरपालिका महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]

April 9, 2025

गोर्खाली रग्बी र आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

Success

Thank you for your time.