3 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने जानकारी दिए । प्रतियोगिताका सह संयोजक विनोद महर्जनले प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहमागिता रहने जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरि महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आठौं दक्षिण एसियाली खेलकुद (साग) करातेका स्वर्ण पदक विजेता समेत रहेका लोकतान्त्रिक खेलकुद संघका सदस्य रवि महर्जनको संयोजकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि ४७ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । टिम च्याम्पियनलाई उपाधिसहित १ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताका मुख्य सल्लाकार मीनकृष्ण महर्जनले जानकारी दिए । त्यस्तै महिला र पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने बताइएको छ ।
नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले राष्ट्रिय प्रतियोगितालाई एसियाली खेलकुदको प्रारम्भिक छनोटको आधार प्रतियोगितालाई बनाइने जानकारी दिदै प्रतियोगितालाई प्रायोजन गर्नेलाई धन्यवाद दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष समेत रहेका मुख्य सल्लाहकार महर्जनले आफ्नो पृष्ठभूमी पनि करातेनै रहेकोले यो खेलको विकासका लागि आफ्नोतर्फबाट पूरा सहयोग रहने बताए ।
सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले आफूहरु करातेको विकासका लागि सहयोग गर्न सधै तयार रहने बताए । त्यस्तै स्पोर्टस् ब्रान्ड लिनिङका कार्यकारी प्रमुख राजन महर्जनले कोभिड कारण खेलाडीहरु मर्कामा परेको उल्लेख गर्दै प्रतियोगिता आयोजनाका लागि आयोजकलाई धन्यवाद दिए । उनले आफूहरु पनि कराते आयोजनामा जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।
जिल्ला प्रमुख डोजो ललिपतुर लगनखेलका अध्यक्ष समेत रहेका आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले प्रतियोगिताबाट खेलाडीहरुको अहिलेको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए । एसियाली खेलकुदका लागि अन्य देश धेरै अघिबाट तयारी सुरु गरेको अवस्थामा नेपालले कुनै तयारीको सुरुवात पनि गर्न नसकेमा दुःख व्यक्त गरे । सोही अवसरमा संयोजक रवि महर्जनलाई प्रतियोगिताको सह संयोजकको जिम्मेवारीको पत्र विनोद महर्जनलाई हस्तान्तरण गरे ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]