default_image

3 years ago

February 11, 2022

धारा नेपालगन्ज म्याराथनका साझेदारलाई सम्मान

54 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– सातौं धारा नेपालगन्ज म्याराथनको समिक्षा गर्दै शुक्रबार साझेदारहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले साझेदारहरुलाई सम्मान गरे ।

नेपालगन्जस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख थापाले उपमहानगरपालिकाले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकतामा राखेको बताइन् । उनले नेपालगन्ज म्याराथनले सहरको ब्रान्डिङमा ठुलो योगदान दिएको हुँदा सबैले क्रमश अपनत्व लिदैं जाने धारणा राखिन् ।

टाइटल स्पोन्सर धारा शुद्ध तोरीको तेल उत्पादक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले धारा तेल आठौं संस्करणका लागि सुनिश्चित भइसकेको जानकारी दिए । लुुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव ओलीले लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताका रुपमा स्थापित नेपालगन्ज म्याराथनले यात्रा निरन्तर र नियमित भइरहेको हुँदा सबैलाई सहकार्य गर्न जोड दिए । साझेदारहरुका तर्फदेखि दैनिक नेपालगन्जका प्रधानसम्पादक तथा प्रकाशक झलक गैरेले साझेदारहरुको निरन्तरता नै नेपालगन्ज म्याराथनको सुन्दर पक्ष रहेको चर्चा गरे ।

सातौं संस्करणको सफलतापूर्वक आयोजनाबाट हामी उत्साहित छौं । हाम्रो अभियानलाई साथ दिन केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आयोजकको विश्वास छ ।

मंसिर ४ गते आयोजना भएको सातौं संस्करणमा आशीर्वाद पेन्ट्स, शिखर प्लाई, फोनपे र राष्ट्रिय वाणिज्य बैंक इन एसोसियसन विथ र पावर्ड बाइ पार्टनर रहेका थिए । खेल पोशाक उत्पादन कम्पनी केल्मे, हाम्रो खेलकुद डट कम अनलाइन मिडिया पार्टनर, दैनिक नेपालगन्ज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, होटल सोल्टी, सगरमाथा सिमेन्ट, एक्सन एड, मेरो प्लानेट, कोहलपुर मोडल कलेज, इन्टरनेट प्रदायक कम्पनी भायानेट, नेपालगन्ज ग्यालरी, क्रियटिभ बुक्स लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु म्याराथनको साथमा रहेको बताइएको छ ।

‘पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसै अनुसार हामीले विगत सात वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका छौ,’ आयोजक नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् । सातौं संस्करणमा एपीएफ क्लबका किरणसिंह बोगटी र हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका थिए ।

क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको आठौं संस्करणको तयारी २०७९ वैशाख १ गतेदेखि थालिने ठकुरीले जानकार दिए । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा २०६३ मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

September 28, 2024

नेपाल पुलिस टेबल टेनिस लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो। समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा […]

September 28, 2024

पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ । नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे । नागर्जुन १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ […]

September 28, 2024

न्युजिल्यान्डका स्मिथ काठमाडौं म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् । विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित […]

Success

Thank you for your time.