default_image

3 years ago

February 10, 2022

पाँडेको अध्यक्षतामा नेस्पो गठन

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तत्कालन सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान(नेस्पो) गठन भएको छ ।

नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेस्पो गठन भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेस्पोमा खेलकुदसँग सरोकार व्यक्ति तथा संस्थाहरुको संग्लनता रहेको छ ।

धनगढी एफसीका सञ्चालक सुवास शाही, कैलाली ब्याडमिन्टन संघका पूर्वअध्यक्ष महेश शाह, संघका पूर्व कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ, हिमालय कलेजकी निर्देशक संगीता सिलवाल, खेल अभियान्ता विकास सिंह, कोरियाको कोईमुङ विश्वविद्यालयका प्राध्यापक डा सिद्धार्थ विक्रम पाँडेलगायत संस्थामा आवद्ध रहेको बताइएको छ ।

‘जराबाट ओलम्पिक’ भन्ने मुल नारा रहेको संस्थाले खेलकुदमा समय सापेक्ष वैज्ञानिक तरिकाले अनुसन्धानात्मक र खेलविज्ञानको मर्म अनुसार योजनासहित विश्व खेलजगतसँग प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकारी तथा गैरसरकारी संस्था हरुसँग हातेमालो गर्दै अघि बढ्ने अभियान संस्थाको रहेको अध्यक्ष पाँडेले बताए।

नेस्पोले प्रचलित विभिन्न खेलकुद का साथै पर्वतीय तथा पर्यटकीय खेलकुदसमेतको अनुसन्धान, प्रबर्धन तथा प्रदर्शनमा सहयोग पुर्याउने, खेलकूद सम्बन्धि पाठ्य सामाग्रीहरु प्रकाशन, प्रशारण, वितरण कार्य गर्नुका साथै प्रतिभावान खेलाडीहरु को पहिचानमा सघाउ पुर्याउने लक्ष्य राखेको छ ।

त्यस्तै खेलकुदको मूल प्रवाहमा ल्याउने, वैज्ञानिक तरिकाले ग्रासरुटका खेलाडी उत्पादनमा सघाउ पुर्याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलविज्ञ संग्लग्न गराई नियमित सेमिनार,गोष्ठी तथा तालिमको आयोजना गर्ने पनि नेस्पोको योजनामा रहेको बताइएको छ ।

नेस्पोका सदस्य सिद्धार्थविक्रम पाँडेले भने,‘आर्थिक कारणले पछाडि परेका प्रतिभाशाली खेलाडीहरु लाई पहिचान गरी भौतिक तथा आर्थिक सहयोगका लागि विभिन्न निकाय संग पहल गर्दै सहयोग जुटाउने र स्वदेश तथा विदेशमा तालिमको लागि पहल गर्ने, मुलुक भित्र र मुलुक बाहिर रहेका नयाँ पुराना अनुभवी खेलविज्ञ, खेलकर्मीहरुको सञ्जाल बनाई मुलुकको खेल विकासमा लाग्ने वातावरण तयार पार्ने लक्ष्य छ ।’

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

Success

Thank you for your time.