3 years ago
February 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपिए स्पोर्टस अवार्डको १६ औं संस्करण अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको स्थानिय व्यवस्थापनमा हुँदै आएको अवार्ड यसपटक ललितपुरको गोदावरी नगरपालिकाको सहकार्यमा ब्रज बाराही मन्दिर परिसरमा आयोजना हुने भएको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको उपस्थितिमा आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन १७ गते अवार्ड आयोजना गर्ने जानकारी दिएको छ । कोभिड १९ का कारण गत वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएकोले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २७ खेलका खेलाडीलाई सम्मानित गरिने भएको छ । ती २७ खेल संघको सिफारिसमा केहि वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीमध्येबाट हरेक विधाका एक जना उत्कृष्ट खेलाडी छनोट हुने बताइएको छ ।
संघको सिफारिसमा २७ खेलाडी बाहेक अन्य ७ विधामा पनि पुरस्कृत गरिने एनएनआइपिएले जनाएको छ । जसमा तीनै २७ मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिनेछ । उनीहरुले अवार्डसहित जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मान, एक महिला र एक पुरुष खेलाडीलाई उदमायन खेलाडी सम्मान प्रदान गरिनेछ । जसको राशी समान ५० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै पुराना खेलाडीलाई गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मान गरिने बताइएको छ । त्यसको राशी ३५ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक जनालाई वर्षको उत्कृष्ट पारा खेलाडीबाट १० हजार रुपैयाँ सम्मान गरिने जनाएको छ । एक जना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार प्रदान गरिने र त्यसको राशी २५ हजार रुपैयाँ रहेको बताइएको छ । अन्य ७ विधाको विजेताका लागि भने एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समिति रहेको जानकारी गराइयो ।
अवार्ड आफ्नो नगरपालिकामा आयोजना गर्न लागेकोमा खुसी व्यक्ति गर्दै गोदावरी नगरपालिकाका मेयर महर्जनले आर्थिक र व्यवस्थापन पाटोमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भविष्यमा स्थानिय खेलाडी तयार भएर राष्ट्रिय खेलाडी बन्न सकुन् भन्ने हौसलाका लागि पनि कार्यक्रम आयोजनामा सहकार्य गरेको बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक नेपालकातर्फबाट भाग लिने टोलीका सदस्य स्वर्गिय धावक गजराज जोशीको नाममा स्थापित गजराज स्मृति ट्रष्टका अध्यक्ष मनीष (राम) जोशीले देशका रगत पसिना बगाउने खेलाडीको सम्मानमा आयोजना हुने कार्यक्रममा सहकार्य गर्न आफूहरु सधै तयार रहेको बताए ।
खेलाडी संघले पुराना खेलाडीलाई पनि स्मरण गर्ने गरेकोमा धन्यवाद दिदै जोशीले भने, ‘यस्तो परम्पराले नयाँ खेलाडीलाई प्रेरणा मिल्छ । खेलाडीलाई देशको गहाना भनिन्छ । तर मेरो नजरमा खेलाडी देशका शान हुन् ।’ एनएनआइपिएका मानार्थ अध्यक्ष ओलम्पियन दीपक विष्टले अवार्डका सुरुवाती दिनकोहरुको स्मरण गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद दिए ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले सधै झै सबैको साथ रहनेमा आफूहरु विश्वस्त रहेको बताए । एनएनआयपिएका महासचिव शिवसुन्दर गोथले उपत्यकाका विभिन्न नगरपालिकाको एतिहासिक र पुरातात्विक महत्वको अवलोकन गर्ने अवसर मिलोस् भन्नका लागि पनि स्थानिय निकायको सहकार्यमा अवार्ड गर्दै आएको बताए । अवार्ड यसअघि पाटनको मंगलबजार, टोखा, भक्तपुर, बसन्तपुर, थिमी नगरपालिकालगायतका स्थानमा आयोजना भएको थियो ।
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]