default_image

3 years ago

February 7, 2022

राखेप सदस्य सचिव सम्बन्धि सुनुवाई फेरि सर्यो

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्ती सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन रिटको सोमबार पनि पेसीनै नचढी स्थगित भएको छ ।

कोभिड १९ का कारण सिमित काम मात्र हुने भएको स्थगित गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहाल का अनुसार अर्को पेसी फागुन २ गतेका लागि तोकिएको छ । मन्त्री परिषद्ले को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंसिर २९ गते अल्पकालिन अन्तरिम आदेश गरेको थियो ।

कात्तिक १ गतेको मन्त्री परिषद्ले आफूलाई बर्खास्त गरेको र मंसिर १३ गते टंकलाल घिसिङ नयाँ सदस्य सचिव नियुक्त गरेपछि तत्कालिन सदस्य सचिव रमेश सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै सिलवाल र घिसिङ दुवै पक्षलाई पुस १२ गतेलाई छलफलका लागि डाकेको छ । त्यो समयमा छलफल हुन सकेन र पटक पटक पेसी सर्दै आएको छ । माघ ३ गते र त्यसपछि मात्र २४ गतेका लागि पेसी तोकिएको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा भएको राखेप सदस्य सचिवको बर्खास्तका विषयमा पहिलो पटक सर्वोच्चमा रिट परेको हो । केपी ओलीको नेतृत्वमा रहेको सरकारले सिलवाललाई गत वर्ष साउनमा सदस्य सचिव नियुक्त गरेको थियो ।

राखेपलाई अनिर्णयको बन्दी बनाइराख्न नहुने भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले बिहीबार शान्तिपूर्ण प्रदर्शन गरेका थिए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राखेप कर्मचरी संघले संयुक्त रुपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मुल ढोकासम्म र्याली समेत निकालेका थिए ।

झण्डै डेढ महिनादेखि राखेप नेतृत्व विहिन हुँदा राखेपको दैनिक काममा समेतमा असर परेकोले वैकल्पिक व्यवस्था गर्नका लागि समेत तीन संघले माग गरेका थिए । खेलकुदलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा त्यसले दुरगामी असर पर्ने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरका थिए ।

तीन संघले सदस्य सचिवको बर्खास्ती र नियुक्तिको विषयमा सर्वाेच्चमा परेको रिटको सुनुवाई समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी बन्दा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद र पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रभावित बनेको तथा परिषदमा कार्यरत प्रशिक्षक, कर्मचारीलगायत सम्वन्धित सबैको काममा प्रत्यक्ष रुपमा असर पारेको बताउँदै आएको छ ।

January 11, 2025

न्यु डायमण्डले रिमा र अलिशालाई बिदाइ गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धर क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]

January 11, 2025

सदभावलाई एतिहासिक स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – सदभाव आचार्यले३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन्। सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने। नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागिता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिवार १-ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३-ओभर २९१ सहित […]

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

Success

Thank you for your time.