3 years ago
February 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरियता एक वर्षपछि परिवर्तन भएको हो ।
विश्व जुनियर वरीयताको शीर्ष वरियता भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स तेस्रो, सातौं र अहिले ११औं स्थानमा रहेका थिए । प्रिन्सको वरियतामा १० हजार ४ सय अंक छ । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]